कठमाडौं । पछिल्लो पटक इन्डियन आयल कर्पाेरेशन लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेपनि नेपाल आयल निगमले भने मूल्य समायोजन गरेको छैन । निगम अर्झैै घाटामा भएको भन्दै मूल्य यथावत राख्ने निगले जनाएको छ ।
इन्डियन आयल कर्पाेरेशनबाट प्राप्त सूचि अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७८ पैसा नाफा रहने देखिन्छ । डिजेलमा भने ९ रुपैयाँ ३७ पैसा घाटा र मट्टितेल तथा हवाई इन्धनमा भने केही फाइदा हुने निगमले जनाएको छ । तर एलपी ग्यासमा भने प्रति सिलिण्डर ४९९ रुपैयाँ ५७ पैस घाटा रहेको भन्दै निगमले मूल्य समायोजन नगर्ने जनाएको छ ।
निगमका अनुसार सोही मूल्य अनुसार आगामी १५ दिनमा निगमलाई समग्रमा ६३.५८ करोड अर्थात मासिक १ अर्ब २७ करोड रुपैयाँ घाटा हुने स्थिति रहेको छ । निगमले इन्डियन आयल कर्पाेरेशनलाई अझै २३ अर्ब रुपैयाँ ऋण तिर्नुपर्ने भएकोले यस पटक मूल्य नघटाउने निर्णय गरेको निगमले जनाएको छ ।