काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशमलव ७१ अंकले घटेर २,१८६ दशमलव ७७ को विन्दुमा कायम भएको छ । आज ९६ कम्पनीको शेयर मुल्य बढेको छ भने ७७ कम्पनीको शेयर मुल्य घटेका छन् । आज २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच भएको छ ।
आज ४ अर्ब २ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको २५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १५ करोड १७ लाख, हिमालयन डिष्टिलरीको ११ करोड ६३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।