IME Life New

बीमा कम्पनीहरुमा‌ किन पस्दैछ सिआइबीको टोली ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। पहिलो पटक बीमा दाबी सम्बन्धि मुद्दामा अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बीमा दाबी सम्बन्धि अनुसन्धानमा थप चासो देखाएको छ।

शंकास्पद रुपमा नै दुर्घटना मृत्युबाट ठूलो बीमा रकम दाबी गरिएको हुनसक्ने आशंकामा सिआइबीले दुर्घटनामा परेर मृत्यु भएका बीमितको परिवारजनलाई दिइएको दाबी भुक्तानी सम्बन्धि विस्तृत विवरण सबै बीमा कम्पनीहरुसँग माग गरेको छ।

Esewa
Crest

बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमार्फत् नभएर सिआइबीले बीमा कम्पनीहरुमा टोली नै परिचालन गरेर तथ्याङ्क र विवरणहरु माग गरेको हो।

बाँकेको कोहलपुरमा २१ वर्षिय सुकुम्बासी यूवक सर्जन बिकको हत्या प्रकरण मा साढे दुई करोड रुपैयाँको बीमा दाबी जोडिएपछि सिआइबिले अन्य दुर्घटनाको घटानामा पनि बीमा दाबीकै उद्देश्यले‌ नियोजितरुपमा दुर्घटना गराएर बीमितको हत्या गरिएको हुनसक्ने आशंकामा थप अनुसन्धान गर्न चासो देखाएको हो।

सिआइबीले हालसम्मकै  दुर्घटना मृत्युबाट परेको बीमा दाबी सम्बन्धमा जानकारीहरु माग गरेको छ। सामान्य मजदुरी गर्ने सर्जन बिकको फर्जी कागजप्रमाण जुटाएर १ करोड ५०‌ लाख रुपैयाँ बीमांकको जीवन बीमा गरिएको घटनाले जीवन बीमा कम्पनीहरु जस्तोसुकै गैरजिम्मेवार गतिविधि गर्न तयार रहेको सन्देश जनमानसमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS