Connect IPS
IME Life

मन्दाकिनी हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ आज मंगलबार दिउँसो बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलबार दिउँसो ४ बजे क्यापिटलको कार्यलय नक्सालमा शेयर बाँडफाँड गर्ने जनाएको छ ।

क्यापिटलले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणमा वितरण गरेको कुल कित्तामध्ये १० लाख ९३ हजार ७४९ कित्ता शेयर सार्वजनिक निष्काशनमा ल्याएको थियो। प्रतिकित्ता १ सय रूपैयाँ अंकित मूल्यका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको छ ।

Prabhu
Crest

कम्पनीको शेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । यस कम्पनीको अधिकृत पूँजी ६५ करोड रूपैयाँ छ भने जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार रूपैयाँ रहेको छ । कम्पनीको जारी पूँजीमध्ये संस्थापकहरूले तत्काल चुक्ता गरेको पूँजी ४१ करोड १६ लाख २५ हजार ९०० रूपैयाँ रहेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ८८ हजार ३७ कित्ता शेयर बाँडफाँड गरिसकेको छ । अन्तिम दिन आइपीओमा १६ लाख १० हजार ९२६ जनाले आवेदन दिएका थिए।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS