काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे” ले मोबाईल रिचार्जमा नयाँ अफर ल्याएको छ । आइएमई पेले मोबाईल रिचार्जमा थप २५ क्यासब्याकको अफर ल्याएको हो।
आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टपअप गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाईल नम्बरमा टप अप गर्दा २५ क्यासब्याक पनि पाउने कम्पनीले जनाएको छ ।
यस क्यासब्याक अफरलाई अझ रमणिय बनाउन कम्पनीले एक जना भाग्यशाली बिजेतालाई यस अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो” स्मार्टफोन पनि उपलब्ध गराउने बताएको छ । सोको निम्ती सेवाग्राहीले महिना भरी कम्तीमा रू। ५० को १० टपअप गर्नु पर्ने नियम तथा सर्त कम्पनीले जनाएको छ ।