Connect IPS
IME Life

अन्ततः नाफा बुक गर्दै लगानीकर्ता, बीमाको सुधारले निरन्तरता पाउन सकेन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगानीकर्ताले नाफा बुक गर्दा सोमबार दोस्रो बजारमा तिव्र उतारचढाव भएको छ । हिजो आइतबार पनि यस्तै भएको थियो । आज कारोबार खुल्ने वित्तीकै घट्न थालेको शेयर बजार २० अंकसम्मले घट्यो तर तत्काल बाउन्स व्याक हुँदै शेयर बजारमा २० अंक भन्दा माथिकै सुधार देखियो । तर यो टिक्न सकेन । अन्तिममा घटिसकेको नेप्से सूचक १.०१ अंकको सुधार सहित २१९३.५८ अंकमा बन्द भएको छ ।

ठुला लगानीकर्ताले नाफा बुक गर्न क्रम जारी छ । लगानीकर्तामा कन्फिडेन्स जगाइराख्न अन्तिम समयमा ठुला लगानीकर्ताको जोडबलमा हरियो बनाइएको छ । साउनको प्रारम्भिक अवस्थामै बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिए पछि लगानीकर्ताहरु आत्तीएका हुन् । अहिले नै तरलता अभावको संकेत देखिए पछि लगानीकर्ताहरु नाफा बुक गरेर बसेका हुन् ।

Prabhu
Crest

अहिले नाफा बुक गर्दा यदि भोलिका दिनमा बजारमा पुनः प्रवेश गर्ने अन्यथा बजारबाट बाहिरिने दाउमा रहेका चलाख लगानीकर्ताका कारण आज दोस्रो बजारमा तिव्र उतारचढाव देखियो । जसले गर्दा आज सर्वाधिक धेरै कारोबार भयो । जहाँ स्मार्ट तथा ठुला लगानीकर्ताले बजार अलि अलि बढाउदै बेच्दै गरेको देखिन्छ । सोमबार दोस्रो बजारमा ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ । आज बैंकिङ व्यापार हाइड्रो उत्पादन तथा प्रशोधन र इन्भेष्टमेन्टको सूचकमा सुधार आए पनि बाँकी सूचकमा गिरावट आएको छ । हिजो बीमा कम्पनीले शेयर बजार सुधार गरिएको थियो । तर हिजो बीमाको सुधारले आज निरन्तरता पाउन सकेन ।

अर्थमन्त्री र गभर्नरको विवाद पनि लगभग अन्त्य भएको छ । तर गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माको व्यक्तिगत सम्बन्ध भने सुधारिएको छैन । यसले गर्दा अव चुनाव नहुन्जेल दुबैको नराम्रो सम्बन्धको असर अर्थतन्त्रले बेहोर्नु पर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS