IME Life New

चौथो त्रैमासमा दिव्यश्वरी हाइड्रोपावरको नोक्सानी घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत असार मसान्तसम्ममा कम्पनीले १ करोड ७३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

यस अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी २८ दशमलव २३ प्रतिशत बढेर ८ करोड ९९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी १२ दशमलव ५२ प्रतिशत बढेको छ भने कुल नाफा १३ दशमलव ९२ प्रतिशत बढेको छ।

Esewa
Crest

असार मसान्तसम्ममा २६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने २२ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १५ रुपैयाँ ६१ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS