IME Life New

बीमा समितिले रिलायन्ससँग स्पष्टिकरण माग्ने, अण्डराइटिङमा कडाइ गर्ने नीति बनाउदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले सर्जन वि.क.को हत्या प्रकरणमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीसँग स्पष्टिकरण सोध्ने भएको छ । यस घटना सँग सम्बन्धित सम्पुर्ण विवरणहरु माग गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

यस घटनामा अभिकर्ताकै प्रत्यक्ष संलग्नता देखिएकोले यसको उचित छानविन गरेर आवश्यक कारबाही गरिने उनले जानकारी दिए । उनले भने ‘सञ्चार माध्यममा आए अनुसार यो सुनियोजित रुपमै घटाइएको घटनामा अभिकर्ता सहित कम्पनीका कर्मचारीहरुको पनि संलग्नता भए नभएको विषयमा छानविन गर्छौ ।

Esewa
Crest

विदेशमा यस्ता घटना घटेको सुनिदै आइएकोमा अव नेपालमा पनि आपराधिक मानसिकताका व्यक्तिहरुले बीमामा प्रवेश गरेका छन् । बीमा कम्पनीहरुको अण्डराइटिङमा रहेको कमजोरीलाई यस्ता व्यक्तिहरुले दुरुपयोग गरिरहेको हुँदा अव बीमा कम्पनीहरुलाई अण्डराइटिङमा थप कडाइ गरिने गरिने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

बच्चा मारेको घटना सार्वजनिक भए पछि बीमा समितिले वाल बीमाको पोलिसीमै कडाइ गरेको थियो । यस घटनाबाट बीमा कम्पनीहरुले विवाह दर्ताको प्रमाणपत्र समेत नराखी हकवालामा श्रीमतिको नाम उल्लेख गरेको पाइए पछि अव बीमा कम्पनीहरुलाई यस्ता कागजपत्र लिएर मात्रै बीमा गर्न निर्देशन दिइने उनले बताए । उनले भने ‘यो घटनालाई हेर्दा ठुलो बीमाङ्कको बीमा गर्दा श्रीमान श्रीमतिकै बराबरको बीमा गर्नु पर्ने देखियो ।’

यदि श्रीमान र श्रीमति दुबैको बीमा गर्ने हो भने ठुलो रकमका लागि एउटाले अर्कोलाई मार्ने अवस्था आउदैन । अर्को तर्फ नेपालमा फाइनान्सियल अण्डराइटिङ एकदमै कमजोर रहेको पाइएको छ । बीमा कम्पनीहरुले बीमितको क्षमताले भ्याउने भन्दा धेरै बीमाङ्कको बीमा गरेर धेरै भन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने होडवाजी छ । अव ठुला रकमको बीमा गर्दा प्रपर फाइनान्सियल अण्डराइटिङ गर्नु पर्ने र अत्यावस्यक कागपत्रको संख्या थप गरिने बीमा समितिको तयारी छ । केहि दिन भित्रै यस सम्बन्धी निर्देशिका संसोधन गरिने पौडेलले बताए ।

बाँके कोहलपुरकी सपना मल्लले सर्जन बीकको बीमा गरेर लगत्तै हत्या पछि साढे दुई लाख रुपैयाँ बीमा दाबी लिएको घटना सार्वजनिक भए पछि बीमा समिति पनि झस्किएको छ । यस घटनाले बीमा कम्पनीहरुकै कमजोरी रहेको पाइएको छ ।

हरेक कुरालाई सामान्य रुपमा हेर्ने नियामक बीमा समिति र बीमा कम्पनीको लापरबाहीले यस क्षेत्रमा अपराधिक मानसिकताका व्यक्तिहरुको प्रवेश भएको छ । जवकी बीमाको सिद्धान्तले यस्ता कार्यबाट हुने दाबीलाई स्वीकार गर्दैन । बीमामा असल नियतको सिद्धान्त रहने भएकाले कुनै पनि व्यक्तिको लगत नियतबाट शिर्जना भएको घटना दाबी योग्य हितभित्र पर्दैन । तर यस्ता घटना नै हुन नदिनु बीमा समितिको कर्तव्य हो ।

सर्जनको दाबी भुक्तानी कार्यक्रममा आफै पुगेका थिए समितिका अध्यक्ष सिलवाल

अण्डरराइटिङको कमजोरीले निर्दोष मानिसको ज्यान लिदै बीमा कम्पनी

नियोजित रुपमै बीमा गरेर साढे दुई करोड पाउन हत्या, नेपाल पुनर्बीमाको शंकाले बाहिरियो रहस्य

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS