IME Life New

निर्जीवन बीमा कम्पनीहरुको शाखा ७३० पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


निर्जीवन बीमा कम्पनीहरुको शाखा संख्या ७३० पुगेको छ । कम्पनीले गत माघ महिनासम्म बीमा समितिबाट उक्त संख्यामा शाखा सञ्चालनको अनुमती पाएका हुन् ।

निर्जीवन बीमा कम्पनी मध्ये एनएलजी इन्स्योरेन्सको शाखा सबैभन्दा धेरै छ । कम्पनीले बीमा समितिबाट ८७ वटा शाखा सञ्चालनको अनुमति लिएको छ । त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीको ८० वटा छ भने सगरमाथा इन्स्योरेन्स कम्पनीले ७० वटा शाखा सञ्चालनको अनुमती लिएको छ । तर, नेशनल इन्स्योरेन्स कम्पनीले जम्मा १२ वटा शाखाको अनुमति लिएको छ भने राष्ट्रिय बीमा कम्पनीले १३ वटा शाखा सञ्चालनको अनुमती लिएको छ ।

Esewa
Crest

नयाँ कम्पनीहरु मध्ये सानिमा इन्स्योरेन्स कम्पनीले एउटा मात्रै शाखाको अनुमती लिएको छ । अजोड इन्स्योरेन्सले ५ वटा र जनरल इन्स्योरन्स कम्पनीले ६ वटा शाखा सञ्चालनको अनुमती लिएको छ ।

निर्जीवन बीमा कम्पनीहरु पनि शहरमा नै केन्द्रित भएको देखिन्छ । बीमा समितिको तथ्यांक अनुसार प्रदेश नम्बर तीनमा कम्पनीहरुको २२९ वटा शाखा छन् । त्यस्तै, प्रदेश नम्बर पाँचमा १२३, प्रदेश नम्बर एकमा ११४, प्रदेश नम्बर दुईमा ८२, प्रदेश नम्बर चारमा ९२, प्रदेश नम्बर ६ र सातमा ४५÷४५ वटा शाखा सञ्चालनको अनुमती लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS