IME Life
GBIME

अन्तिम दिनसम्म मन्दाकिनी हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अन्तिम दिन मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओमा १६ लाख १० हजार ९२६ जनाले आवेदन दिएका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार साउन १२ गते साँझ ५ बजेसम्म यी आवेदकहरूबाट १ करोड ८० लाख ८१ हजार १८० कित्ता शेयर खरीद माग भएको हो ।

कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागिएको कुल कित्तामध्ये १० लाख ९३ हजार ७४९ कित्ता शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो । प्रतिकित्ता १ सय रूपैयाँ अंकित मूल्यका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको छ ।

Crest

कम्पनीको शेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । यस कम्पनीको अधिकृत पूँजी ६५ करोड रूपैयाँ छ भने जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार रूपैयाँ रहेको छ । कम्पनीको जारी पूँजीमध्ये संस्थापकहरूले तत्काल चुक्ता गरेको पूँजी ४१ करोड १६ लाख २५ हजार ९०० रूपैयाँ रहेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ८८ हजार ३७ कित्ता शेयर बाँडफाँड गरिसकेको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS