IME Life New

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम प्रस्तुत, यस्तो छ ३७ बुँदे नीति तथा कार्यक्रमहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षका लागि ३७ बुँदे नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । बोर्डले धितोपत्र बजार र वस्तु विनिमय बजारलाई बजारलाई विकास तथा विस्तार गर्दै विश्वनीय, स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिएको छ ।

बोर्डले लिएका नीत तथा कार्यक्रमहरु निम्न छन्

Esewa
Crest
  1. बोर्डबाट सम्पादन गरिने कार्यहरुलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्ने एवं विध्यमान जनशक्तिको क्षमता विकासका लागि उच्च स्थतरिय तालिम प्रदान गर्ने साथै भौतिक पूर्वाधार विकास गरिनेछ ।
  2. विश्वस्तरीय प्रविधि एवं प्रविधि संचालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई आर्टिफिसियल इन्टेलिजेन्समा आधारित RgdTech मार्फत चुस्त दुरुस्त बनाई बजारमा चलखेल एवं अनुचित कृयाकलापलाई निरुत्साहित गरिनेछ ।
  3. बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेश भएको निवेनहरुलाई मेरिट बेस फाइल एप्रुभल सिस्टमका आधारमा प्रकृयाँ लगाडी बढाइनेछ ।
  4. नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पूँजी वा पाँच अर्व रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरुको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक कम्पनीहरुलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचिकृत हुनुपर्ने व्यवस्था गरिए अनुरुप धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचिकृत हुनुपर्ने व्यवस्था गरिए अनुरुप धितोपत्रको सार्वजनिक निष्काशनका लागि कम्पनी ऐन २०६३ मा गर्नुपर्ने सुधारका सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालयसँग समन्वय गरिनेछ । साथै कम्पनी कानुनमा भएको सुधार अनुरुप हुने गरी धितोपत्र सम्बन्धी कानुनमा सुधार गरिनेछ ।
  5. वास्तविक क्षेत्र तथा अन्य क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा सूचिकृत गर्नका लागि आवश्यक हुने नीति कार्यविधि तथा प्रविधिको व्यवस्था मिलाइनेछ ।
  6. सार्वजनिक निष्काशनमा स्वच्छ तथा पारदर्शी प्रणाली लागु गरी ठुला ठुला Utility Companies र व्यवसायिकरुपमा सफल तथा स्थापित अन्य कम्पनीहरुलाई धितोपत्र बजारमा सूचिकरण गरी सोमा सर्वसाधारणको स्वामित्व बढाउनुका साथै बजार विस्तार तथा सन्तुलन मिलाइनेछ ।
  7. बुक विल्डिङ प्रणाली दिगो एवं पारदर्शी रुपमा संचालनमा ल्याउनका लागि अन्तर्राष्ट्रिय रुपमा प्रयोग रहेको Automated Electronic Auction System तयार गरी दिगो र स्थापित कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याइनेछ ।
  8. साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्मका लागि आवश्यक व्यवस्था मिलाई व्यवसायिक कृषिजन्य उद्यमलाई पूँजी बजारमा आवद्ध गरिनेछ ।
  9. पर्याप्त पूँजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राईभेट इक्वीटी तथा भेञ्चर क्यापिटलको माध्यमबाट पूँजी तथा व्यवसायिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमतिपत्र प्रदान गरी सम्मुन्नतिको दायरा बढाईनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS