काठमाडौं । आज नेप्से परिसूचक १५ दशमलव ४४ अंकले बढेर २,१२७ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज निर्जीवन बीमा समुह, उत्पादनमुलक र अन्य बाहेक सबै उपसूचक बढेका छन् । आज दिनभरिमा २२१ वटा कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण कावेली पावरको शेयर कारोबार भएको छ । कम्पनीको १७ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज शिवम् सिमेन्टको १५ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५४१ रुपैयाँ रहेको छ । अपि पावरको १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।