IME Life New

नबिल इन्भेष्टमेण्ट बैंकिङले संचालनमा ल्यायो पिच नीक सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले पिच नीक (Pitch-Nic) सेवा संचालनमा ल्याएको छ । कम्पनीले उद्यमी बन्न चाहाने तथा आफ्नो उद्योगलाई अझ विस्तार गरी व्यावसायिक गतिविधि संचालन गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि संस्थागत परामर्श दाता सेवा अन्तर्गत प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रवारका दिन पिच नीक सेवा संचालनमा ल्याएको हो ।

कम्पनीले प्रत्येक उद्यमीहरु तथा उद्यमी बन्न चाहनेहरुबाट उनीहरुको सम्भव हुनसक्नेसम्मको उत्तम व्यावसायिक बिचारहरु लाई छानी उक्त व्ययसायिक सोचलाई बास्तविकतामा बदल्न मद्दत गर्ने जनाएको छ।

Esewa
Crest

साथै कम्पनीले भविष्यमा संचालनमा ल्याउन लागेको बिशिष्टकृत लगानी कोष अन्तर्गतको प्राइभेट इक्विटी  र भेन्चर क्यापिटल कोषहरु मार्फत पनि उत्तम व्यावसायिक विचार र नवीतम सोच भएका उद्यमीहरुको नयाँ क्षेत्रको व्यवसाय आरम्भ गर्न होस वा भएको व्यवसायको सिर्जनात्मक र गुणात्मक विस्तार गरी भेन्चर क्यापिटलको व्यवस्था मार्फत लगानीको वातावरणलाई सहज गरिदिने जनाएको छ।

यस सेवा प्राय जसो सुरुवात  (Startup) र हुर्कने अवस्था  (Seed Stage) मा रहेका कम्पनीहरूका लागि आवश्यक हुन सक्छ । भेन्चर क्यापिटल अन्तर्गत परामर्शदाताले लगानीकर्ता र व्यवसायलाई लगानीको दृष्टिकोणले जोड्ने सेतुको कार्य गर्दछ । यो सेवा अन्तर्गत बैङ्क तथा वित्तिय संस्थाहरूमा व्यवसायिको निर्भरतालाई घटाइ लगानीका अन्य सिर्जनशील उपायहरू द्वारा पूजीको उपलब्धता गराउनेछ।

त्यस्तै प्राय परिपक्व कम्पनीको विस्तार र विकासका लागि आवश्यक पर्ने प्राइभेट इक्विटी व्यक्तिगत लगानीको व्यवस्थापन गरी व्यवसायको व्यवसायिक यात्राको सहयात्री भएर संस्थागत परामर्श सेवा प्रदान गरिने छ भने यस अन्तर्गत व्यवसायको बिकास र विस्तारको लागि लगानी सहजकर्ता तथा लगानी व्यवस्थापकको रूपमा कार्य गरी व्यावसायीहरुको व्यावसाय संचालनको लागि सहजिकरण तथा गुणात्मक मुल्य सिर्जना गर्ने कार्य गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले बिना कुनै शुल्क आफ्नो व्यावसायिक विचार र नवीनतम सोचहरु प्रस्तुत गरि आफुले सोचे अनुसारको व्यावसाय संचालन गर्न सक्षम गराउनु नै यसको प्रमुख उद्देश्य रहेकोले व्यावसायिक सोच भएका व्यवसायी तथा उद्यमीहरुले यसबाट पूर्ण रुपमा फाईदा लिने विश्वास लिएको जनाएको छ ।

महिनाको अन्तिमशुक्रबार कुनै कारणबस विदा परेमा लगत्तैको अर्को कार्यदिनमा यस कार्यक्रम सञ्चालनहुने नबिल ईन्भष्टमेण्टले जनाएको छ । यस प्रकारको सेवा प्राप्त गर्न उद्यमीहरुले यस कम्पनीको फोन नम्बर ४४११६०४, ४४११७३३ (एक्टेन्सननम्बर १५६, १६२) मा सम्पर्क गरी बुझन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS