IME Life New

कैलालीको गोदावरी नगरपालिकामा बीमा समिति, एक घर एक बीमालाई अभियानको रुपमा अगाडी बढाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले कैलाली जिल्लाको गोदावरी नगरपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिको प्रादेशिक कार्यालय धनगढीको समन्वयमा उपनिर्देशक विरोध भट्टको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथ्यता गोदावरी नगरपालिकाकी उप मेयर शारदा देवी रोकायाले गरेकी थिइन् ।

उक्त छलफल तथा अन्तर्क्रिया कार्यक्रममा बीमा समितिका सहायक निर्देशक प्रेमहरी पोखरेल, दिपक ज्ञवाली, सम्पुर्ण वडाका अध्यक्ष सहित जनप्रतिनिधि, बीमा कम्पनीका शाखाप्रमुख तथा कर्मचारीहरु, कृषक, व्यवसायी लगायत ६० जना भन्दा धेरैको उपस्थिति रहेको थियो ।

Esewa
Crest

उपनिर्देशक भट्टले बीमा सम्बन्धी जनचेतनामुलक प्रस्तुती दिएका थिए । सहभागीहरुले बीमा कम्पनीकले दाबी भुकतानीमा दिएको समस्याका विषयमा जानकारी गराएका थिए । अधिकाम्सले दाबी भुक्तानी प्रकृयाँलाई सहज बनाउन समेत अनुरोध गरेका छन् ।

दाबी भुक्तानी प्रकृयाँ धेरै लामो हुँदा झण्झटिलो भएको भन्दै धेरै समस्या भोल्नु परेको उनिहरुको गुनासो थियो । उपमेयर रोकायाले निर्जीवन सँगै जीवन बीमालाई पनि अनिवार्य गराउनु पर्ने तर्क व्यक्त गरेकी थिइन । उनले एक घर एक बीमाको नारालाई अभियानका रुपमा अगाडी बढाउनु पर्ने अवस्था रहेको भनाइ थियो ।

बीमा समितिले स्थानीय निकायलाई आफ्नो सेवामा बीमालाई पनि टाइअप गर्न अनुरोध गरेको छ । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बीमालाई पनि समावेश गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ । निर्जीवनका साथै जीवन बीमाले पनि मानिसको आर्थिक सुरक्षामा टेवा पुर्याउने पालिकाको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS