IME Life New

नेप्से ६१ अंकले बढ्यो : मौद्रिक नीतिले बढ्दैन भनिए पनि कसरी भयो एकाएक सुधार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मौद्रिक नीति पछि शेयर बजार घट्छ भन्ने आकलन विपरित आज शेयर बजारमा ६० अंकको सुधार देखिएको छ । कारोबार खुल्ने वित्तीकै घट्ने संकेत देखिएकोमा कारोबारको दुई घण्टा पछि शेयर बजारमा एकाएक उछाल आयो ।

शुक्रवार जारी भएको मौद्रिक नीतिले शेयरधितो कर्जामा लगाएको ४/१२ करोडको सिमालाई सामान्य संसोधन गरेको छ । राष्ट्र बैंकले ४/१२ करोडको सिमा लाई संसोधन गर्ने क्रममा तल्लो सिमालाई हटाएर माथिल्लो मात्रै सिमा कायम राख्दै बैंक वित्तीय संस्था मार्फत प्रवाह हुने यस्तो कर्जालाई क्रमश ब्रोकर मार्फत मार्जिन ल्याण्डिङमा आकर्षित गर्ने नीति लिएको छ । राष्ट्र बैंकको यस्तो नीतिले अव ब्रोकर आफैले बैंकबाट कर्जा लिएर लगानीकर्तालाई मार्जिन सुविधा दिन सक्ने ढोका खुला भएको छ ।

Esewa
Crest

बैंकहरुले आफैले यस्तो कर्जा दिने भन्दै पनि बैंकहरुले ब्रोकर मार्फत यस्तो सुविधा दिदा बजारलाई थप टेवा पुग्ने विश्लेषण गरिएको छ । दोस्रो बजारमा सूचिकृत बैंक वित्तीय संस्था तथा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । यसरी अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने कतिपय बैंक वित्तीय संस्थाको मुनाफामा उल्लेख बृद्धि भएको देखिन्छ ।

चौथो त्रैमाशिक वित्तीय विवरणले आकर्षित गरेका लगानीकर्ताले अवको केहि समयमा घोषणा हुने लाभांशलाई समेत आकलन गर्न थालेका छन् । लाभांशको आकलन सुरु भए सँगै आज दोस्रो बजारमा एका एक उछाल आएको छ ।

आज शेयर बजारमा ६१.०५ अंकले सुधार भएको छ । नेप्से सूचक ३.०३ प्रतिशलते सुधार भएर २०७८.५१ अंकमा बन्द भएको छ । कारोबार रकममा पनि उल्लेख्य सुधार देखिन्छ । आज २ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ । मौद्रिक नीति आउनेदिन बजार घटे पनि मौद्रिक नीति पछि भने सुधार देखिदा सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ । बजार सुधारसँगै आज ७ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । ऋणपत्र र म्युचुअल फण्डमा गिरावट देखिएको छ । सर्वाधिक धेरै शिवम सिमेन्टको ३९ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS