IME Life New

हकप्रदको विशेष प्रस्ताव सहित अपर तामाकोशीले डाक्यो साधारणसभा, चार सञ्चालकको निर्वाचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीको पूँजी बृद्धिको लागि प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव लगिएको छ । जसमा १०० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले जानकारी दिए ।

कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले भदौ तीन गते १४ औ वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको थियो ।

Esewa
Crest

सभाले सञ्चाल समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । लेखापरीक्षको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलागत तथा सोहि मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।

लेखापरीक्षण ऐन २०७५ को दफा ११ बमोजिम महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन २०६३ को दफा १६५ ‘घ’ को प्रावधान अनुरुप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार समुह ‘ख’ अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिला सहित चार जना सञ्चालकहरु निर्वाचन/मनोनयन वा नियुक्त गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि साउन १८ गते एक दिन बुक क्लोज हुनेछ । साउन १७ गतेसम्म कायम शेयरधनीहरुले साधारणसभामा भाग लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS