IME Life New

मौद्रिक नीतिमा शेयर बजार सम्बन्धी तीन व्यवस्था, ठुला लगानीकर्तालाई अझै निरुत्साहित पार्ने नीति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर बजारलाई तीन वटा बुँदाले संबोधन गरेको छ । लगानीकर्ताले सर्वाधिक धेरै अपेक्षा गरेको ४/१२ को सिमालाई खारेज गर्ने व्यवस्था कायमैछ । राष्ट्र बैंकले ४/१२ को सिमालाई समान्य हेरफेर गर्दै न्युनतम ४ करोड रुपैयाँको सिमालाई खारेज गरेर अधिकतम १२ करोड रुपैयाँको सिमालाई यथावत राखेको छ । जसले ठुला लगानीकर्ताहरुलाई अझै पनि प्रोत्साहित गर्न सक्दैन । यस सिमाले शेयर बजारका ठुला खेलाडी तथा लगानीकर्तालाई ठुलो लगानी भित्र्याउने ढोका भने बन्दै राखेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा, ‘शेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु.१२ करोड कायम गरिनेछ । शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइनेछ ।’ भनेको छ ।

Esewa
Crest

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइनेछ भन्दै नयाँ व्यवस्था गरेको छ । यस व्यवस्था सँगै मर्जरका कारण लगानीकर्ताको शेयर बन्दक हुने समस्या अन्त्य हुने भएको छ । राष्ट्र बैंकको यहि व्यवस्थाका कारण दोस्रो बजारमा सूचकृत अन्य कम्पनीहरुले विना नियम शेयर कारोबार बन्द गराउदै आएका थिए । अव मर्जरको सहमतिपत्रमा हस्ताक्षर गर्ने वित्तीकै शेयर कारोबार बन्द हुने छैन ।

शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ । यसले पनि ठुला लगानीकर्तालाई प्रोत्साहन गर्न सक्ने छैन । जसमा ठुला लगानीकर्ताको शेयरधितोमा राखेर लिने कर्जाको आकार बढ्न सक्ने छैन ।

अव बैंकहरुले २५ लाख भन्दा माथिको कर्जा प्रवाह गर्दा धेरै सोच विचार पुर्याउने छन् । २५ लाख भन्दा माथिको शेयरधितो कर्जा प्रवाह हुने वित्तीकै बैंकहरुको जोखिम बढ्ने भएकाले उनिहरुको ध्यान अव १५ लाख भन्दा माथि जान गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS