Connect IPS
IME Life

मौद्रिक नीति सार्वजनिक हुनु अगाडी शेयर बजारमा २७ अंकको गिरावट, किन घट्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक हुनु भन्दा अगाडी शेयर बजार २७.२६ अंकले घटेको छ । विगत दुई सातादेखि यस वर्षको मौद्रिक नीति शेयर बजार मैत्री आउने हल्लाले १३० अंकले सुधार भएकोमा मौद्रिक नीति आउने दिनमा भने २७ अंकले घटेको छ ।

लगानीकर्ताले यस पटक राष्ट्र बैंकले गत आर्थिक वर्ष लिएको ४/१२ को नीतिदेखि लिएर धेरै कुरालाई सच्याउने अपेक्षा गरेका थिए । तर यस पटक पनि राष्ट्र बैंकले गत वर्षकै नीतिलाई निरन्तरता दिने भेउ पाए सँगै शेयर बजार भने तल झरेको छ ।

Prabhu
Crest

राष्ट्र बैंकले यस वर्ष कर्जा प्रवाह गर्न सक्ने क्षमता घटाउने नीति लिदै छ । राष्ट्र बैंकले कर्जा प्रवाहमा टाइट गर्ने वित्तीकै यसको प्रत्यक्ष अप्रत्यक्ष असर शेयर बजारमा पर्छ । साथै राष्ट्र बैंक अझै पनि शेयर बजार प्रति सकारात्मक देखिदैन । यस कारणले आज शेयर बजार तल झरेको हो । अझ मौद्रिक नीतिमा शेयर बजारलाई असर पार्ने अन्य व्यवस्था थप भयो भने बजार आइतबारदेखि झन् तल झर्ने अनुमानले हिजो र आज शेयर बजार तल झरेको हो ।

शुक्रवार नेप्से सूचक १.३३ प्रतिशतले घटेर २०१७.४६ अंकमा झरेको छ । दुई घण्टाको कारोबार समयमा पनि एक अर्ब ४४ करोड रुपैयाँको खरिद बिक्री भएको छ । आज सर्वाधिक धेरै किसान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । धेरै गुमाउनेमा सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनी छन् । आज सम्पुर्ण सूचक तथा उपसूचक घटेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS