Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकको लाभांश दिने क्षमता कति ? कस्तो छ लाभांशको इतिहास ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक रिपोर्ट निकाल्ने दोश्रो वाणिज्य बैंक बनेको छ । एन.एफ.आर.एस. प्रणालीमा वित्तीय विवरण सार्वजनिक गरेको हुनाले कम्पनीले वितरणयोग्य मुनाफाको तथ्याङ्क पनि सार्वजनिक गरेको हुन्छ ।

चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको वितरण योग्य मुनाफा ३ अर्ब १९ करोड रहेको छ भने कम्पनीको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रहेको छ ।

Prabhu
Crest

कम्पनीको वार्षिक वितरण योग्य मुनाफालाई कम्पनीको कायम शेयर संख्याले भाग गर्दा कम्पनीको प्रति शेयर वार्षिक वितरणयोग्य मुनाफा १३ रुपैयाँ ४५ पैसा हुन् आउँछ । यसलाई लाभांश दिने क्षमताको रुपमा लिने गरिन्छ।

यस्तो छ लाभांश ईतिहास ?
कम्पनीले आर्थिक वर्ष ७७/७८ मा १० प्रतिशत बोनश शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो भने अघिल्लो आर्थिक वर्ष ७६/७७ मा १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । ५ वर्षको अवधिमा कम्पनीले औसतमा १८ दशमलव २० प्रतिशत लाभांश दिएको छ।

नोट : यो सामाग्री विशुद्ध शैक्षिक प्रयोजनका लागि मात्र हो, यही तथ्याङ्कको आधारमा शेयर कारोवार नगर्नुहोला । 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS