Connect IPS
IME Life

सिभिलको मुद्धती योजनाहरुमा प्लस सुविधा सहित दोब्बर तेब्बर भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले दुई नयाँ आकर्षक मुद्दती योजनाहरु – दोब्बर प्लस र तेब्बर प्लस ल्याएको छ ।

यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो मेहेनतको कमाईलाई तोकिएको अवधिसम्म जम्मा गर्दाे दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । यतिमात्र नभई यी मुद्दती योजनाहरुमा नेपालमै पहिलो पटक दशलाख सम्मको जीवनबीमा सुबिधा (रिलायन्स लाईफ इन्सुरेन्ससंगको सहकार्यमा) र दशलाखको दुर्घटना बीमा सुबिधा (अजोड इन्सुरेन्स संगको सहकार्यमा) निःशुल्क रुपमा उपलब्ध गराईनेछ ।

Prabhu
Crest

६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधा बिना कुनै झन्झट उपलब्ध गराईनेछ ।

बैंकले वचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशतसम्मको ब्याजदर पनि प्रदान गर्दै आईरहेको छ ।

बैंकले सातलाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टर र ९९ एटिएम मार्फत सेवाप्रदान गरिरहेकोे छ । साथैबैंकले गत असार मसान्तसम्म ९६अर्व भन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS