IME Life New

एशियन लाइफले बोनसदरमा गर्याे सुधार, बोनसदर ४० देखि ७५ रुपैयाँसम्म

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७।७८ को लागी बोनसदर प्रकाशन गरेको छ । भावी बोनस(फ्यूचर बोनस) का कारण आ.व. २०७६।७७ मा बोनसदरमा गिरावट आएकोमा यसपटक सुधार देखिएको छ ।

बीमा समितिबाट साउन १ गते बीमांकीय प्रतिवेदन स्वीकृतिसँगै बोनसदर समेत स्वीकृत भएपछि कम्पनीले मंगलबार बोनसदर सार्वजनिक गरेको छ ।

Esewa
Crest

सार्वजनिक गरिएको बोनसदरका अनुसार प्रति हजार रुपैयाँ बीमांकमा प्रति वर्ष न्यूनत्तम ४० देखि अधिकत्तम ७५ रुपैयाँसम्म बोनसदर घोषणा गरिएको छ ।

सावधिक तथा आजीवन बीमालेख अन्तर्गत १४ वर्षे अवधिसम्मको ५० रुपैयाँ, १५ देखि १९ वर्षे अवधिको ५५ रुपैयाँ, २० देखि २४ वर्षे अवधिको ६० रुपैयाँ र २५ वा सोभन्दा बढीका अवधिको ७५ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै बालबालिकाको सावधिक तथा अन्य सावधिक जीवन बीमा योजनाको बोनश दर ५० देखि ६० रुपैयाँ कायम गरिएको छ। १४ वर्षे अवधिसम्मको ४० रुपैयाँ, १५ देखि १९ वर्षे अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्षे अवधिको ५३ रुपैयाँ र २५ वर्षे वा सोभन्दा बढी अवधिको लागी ६० रुपैयाँ बोनसदर रहेको छ ।

बीमा अवधि पुरा नहुँदै निश्चित किस्तामा रकम फिर्ता पाइने अग्रिम भुक्तानी सावधिक बीमा योजनामा १० र १२ वर्षेको ५० रुपैयाँ, १५ वर्षेको ५५ रुपैयँँ,१८ वर्षेको ६० रुपैयाँ,२० वर्षेको ६५ रुपैयाँ र २५ वर्षेको ७० रुपैयाँ तोकिएको छ।

नवरत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभको हकमा १४ वर्षे अवधिसम्मको ४० रुपैयाँ, १५ देखि १९ वर्षे अवधिको ४२ रुपैयाँ, २० देखि २४ वर्षे अवधिको ५० रुपैयाँ र २५ वर्षे वा सोभन्दा बढी अवधिको ६० रुपैयाँ बोनसदर रहेको एशियन लाईफ इन्स्योरेन्सले जानकारी दिएको छ ।

कूल ब्यापारमा बाल जीवन बीमाको हिस्सा अधिक

कुल बीमालेख बिक्रीमध्ये बालबालिकाको सावधिक जीवन बीमा र सामान्य सावधिक जीवन बीमालेखको संख्या अन्य बीमालेखको तुलनामा ठूलो संख्यामा बिक्री गरेको छ । बालबालिका सम्बन्धी १ लाख ६८ हजार ८ सय २८ वटा जीवन बीमालेख जारी गरेको छ । यसैगरी १ लाख ३१ हजार ६ सय ९९ वटा सावधिक बीमालेख जारी गरेको छ ।

सबैभन्दा थोरै संख्यामा बिक्री भएको बीमालेखमा २५ वर्षे वा त्यो भन्दा बढी अवधिको अग्रिम भुक्तानी सावधिक बीमालेख जम्मा २२ वटा जारी गरेको छ । त्यस्तै अग्रिम भुक्तानी सावधिकमै १० वर्षे अवधिको बीमालेख पनि जम्मा ३८ वटा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS