IME Life New

चैतसम्ममा पूँजी नजुटाउने बीमा कम्पनीलाई फोर्स मर्जर गराउने, पूँजी नजुटाउने कम्पनीको व्यवसाय विस्तारमा रोक लगाउदै समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले चैत ११ गतेसम्ममा पूँजी नजुटाउने बीमा कम्पनीलाई फोर्स मर्जरमा लैजाने भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबारको अवसरमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले चैत ११ गते पछि फोर्स मर्जर गराउनु पर्ने अवस्था नआओस भन्दै बीमा कम्पनीहरुलाई चेतावनी दिएका छन् ।

उनले भने ‘हामीले कहि पनि मर्जर गर्नु पर्छ भनेर फोर्स गरेका छैनौ तर चैत ११ गते पछि ति दिन पनि आउछ ।’ उनले बीमा कम्पनीहरुलाई पूँजी जुटाउन दिएको समयलाई संकेत गर्दै उक्त समय पछि फोर्स मर्जरको नीति लिने संकेत गरेका हुन् ।

Esewa
Crest

मर्जरमा जान चाहने कम्पनीहरुलाई बीमा समितिले दिनरात नभनी सहयोग गरिरहेको भन्दै सिलवालले समितिले के सपोर्ट गर्नु पर्छ त्यो गर्न तयार भएको प्रतिवद्धता व्यक्त गरेका छन् । पूँजी जुटाउने सवालमा बीमा कम्पनीहरुलाई गुनासो गर्ने ठाउँ नछाडेको उनको दाबी छ ।

हिमालयन जरनल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको मर्जरका क्रममा पनि बीमा समितिले धेरै सहयोग गरेको उनले बताए । समयमै मर्जर गर्न सम्भव छ भन्ने उदाहरणका रुपमा काम गरेकोमा उनले हिमालयन र जनरलको मर्जर कमिटीलाई धन्यावाद तथा बधाइ ज्ञापन गरेका थिए ।

तोकिएको पूँजी नजुटाउने बीमा कम्पनीहरुलाई उनिहरुको पूँजी भन्दा माथिको व्यवसाय गर्न रोक लगाउने बीमा समितिका अध्यक्ष सिलवाले जानकारी दिएका छन् । मर्जरमा भाग नलिने बीमा कम्पनीको पूँजी एक अर्ब हुने र मर्जरमा सहभागी हुने कम्पनीको पूँजी साढे दुई अर्ब पुग्ने भएकाले अव बजारमा दुई थरिका कम्पनी रहने उनको भनाइ छ । अव एक अर्ब मात्रै पूँजी भएको कम्पनीले आफ्नो क्षमता भन्दा बढी व्यवसाय लिन नपाउने अध्यक्ष सिलवाले बताए । उनले भने ‘यदि लिएको छ भने घटाउनु पर्छ ।’

बीमा समितिले कति पूँजी हुनेले कतिसम्म व्यवसाय गर्न पाउने भन्दै अध्ययन गर्ने र सोहि आधारमा एक अर्ब मात्रै पूँजी भएको कम्पनीलाई व्यवसाय विस्तारका लागि रोक लगाउने अध्यक्ष सिलवालको भनाइ रहेको छ ।

बीमा समितिले कम्पनीको क्षमता बृद्धि गर्न खोजेकाले यस्तो अध्ययन गर्न थालिएको उनले बताए । अपर तामाकोशीको पुनर्बीमा नभएको प्रसंगलाई उल्लेख गर्दै सिलवालले स्वदेश भित्रकै बा कम्पनीको क्षमता बढाएमा धेरै भन्दा धेरै जोखिम बहन गर्न सकिने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS