IME Life New

शेयर बजारमा १८ बीमा सहित ५२ कम्पनीको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोस्रो बजारमा अहिले ५२ वटा कम्पनीको शेयर कारोबार रोक्का छन् । जस मध्ये १८ वटा जीवन तथा निर्जीवन बीमा कम्पनी छन् । अधिकांश  कम्पनीहरु मर्जर प्रकृयाँका कारण कारोबार बन्द भएका हुन् ।

मर्जरमा जादा कारोबार रोक्का गर्नु पर्ने स्पष्ट कुनै कानुन छैन तर नेपाल स्टक एक्सचेन्जले मर्जरमा गएका कम्पनीको शेयर कारोबार रोक्का गर्ने गरेको छ । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको कारोबार रोक्का गर्ने सामान्य व्यवस्था गरे पनि बीमा समितिले भने कुनै पनि कानुनी व्यवस्था गरेको छैन ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मर्जर प्रकृयाँमा गएका कम्पनीको कारोबार खुला राख्ने व्यवस्थाको प्रयास भइरहेको बताउदै आएका छन् । उनले नेपाल राष्ट्र बैंक सँग यस विषयमा छलफल भइरहेको र केहि समय भित्रै यस विषयमा धितोपत्र बोर्डले टुङ्गो लगाउने उनको भनाइ छ ।

बीमा समितिले कम्पनीहरुलाई मर्जरमा जान बाध्य बनाए सँगै पछिल्लो १९ वटा कम्पनीले मर्जरको सहमति गरिसकेका छन् । यसै क्रममा १८ वटा कम्पनीको कारोबार बन्द गरिएको छ ।

नेप्सेका अनुसार अहिले जीवन बीमा कम्पनी तर्फ प्राइम लाइफ, युनियन लाइफ, गुराँस लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफको कारोबार बन्द छ । त्यस्तै निर्जीवन तर्फ हिमालयन जनरल, एभरेष्ट इन्स्योरेन्स, प्रिमियमर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल, सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीको कारोबार रोक्का छ ।

मर्जर भन्दा बाहेक अन्य कारणले कारोबार बन्द रहेका कम्पनीहरुमा नेपाल फिल्म डेभलपमेन्ट, नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वेलफेयर कम्पनीकमो कारोबार बन्द छ । उत्पादन तथा प्रसोधनमुलक कम्पनीको सबैभन्दा धेरै बन्द छन् । जसमा नेपाल बनस्पती घी उद्योग, रघुपति जुट मिल, बुटवल साइनिङ मिल, गोरखकाली रवर उद्योग, ज्योति साइनिङ मिल्स, अरण बनस्पति उद्योग, हरिसिद्धि इटा टायल, विराट सु, नेपाल खाद्य उद्योग, श्री भृकुटी पेपर, फ्ल्युर हिमालयन, श्रीराम सुगर मिलर नेपाल विटुमिनको कारोबार बन्द छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS