Connect IPS
IME Life

बीमा क्षेत्रमा पहिलो मर्जर सफल, अध्यक्ष सिलवालले गरे ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी’को उद्घाटन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो मर्जर सफल बनाएका छन् । यो नेपालको बीमा क्षेत्रको पहिलो सफल मर्जर हो । यि दुई कम्पनीको सफल मर्जरले अन्य बीमा कम्पनीहरुलाई समेत दवाव सिर्जना गरेका छन् । 

आज एक विशेष कार्यक्रमका विच बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले संयुक्त कारोबारको समुद्घाटन गरेका छन् । मर्जर पछि कम्पनीको सञ्चालक समितिको अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ बनेका छन् । प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह रहेका छन् । मर्जर पछि एभरेष्ट इन्स्योरेन्स कम्पनीका सिइओ कमल गौतमले अवकास लिएका छन् ।

Prabhu
Crest

हिमालयन र एभरेष्ट विचमा एक बराबर ०.८५ को अनुपातमा मर्जर भएको हो । मर्जर सँगै एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुको शेयर १५ प्रतिशतले घटेको छ भने हिमालयनको यथावत छ । अव हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । बीमा समितिले निर्देशन गरेको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ बोनस शेयर दिएर सजिलै पुर्याउन सक्ने देखिन्छ ।

आज संयुक्त कारोबार गरे सँगै अवको केहि दिन पछि दोस्रो बजारमा शेयर कारोबार खुला हुनेछ । यो मर्जर सफल भए सँगै निर्जीवन बीमा कम्पनीको संख्या १९ वटा वटामा झरेको छ । अन्य कम्पनीहरु पनि मर्जरमा गएकाले अवको केहि समयमा निर्जीवन बीमा कम्पनीको संख्या थप घट्नेछ । 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS