IME Life New

 शिखर इन्स्योरेन्सको ऐतिहासिक उपलब्धी, एकै वर्षमा ५ अर्ब बीमा शुल्क आर्जन गर्दा यस्ता छन् उत्साहजनक सुधार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काडमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा ऐतिहासिक उपलब्धी हासिल गरेको छ । निर्जिवन बीमा क्षेत्रमा शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ मा पाँच सय करोड रुपैयाँ बीमाशुल्क संक्लन गरी नेपालमै पहिलो पटक पाँच सय करोडको ब्यवसाय गर्ने पहिलो निर्जिवन कम्पनी बन्न सफल भएको छ ।

गत आर्थिक वर्ष र यस आर्थिक वर्षको अवधिमा संकलन भएको बीमाशुल्कको तुलनामा २६ प्रतिशतले बढी हो । नेपालको निर्जिवन बीमा ब्यवसायको बजार हिस्साको करिव १५ प्रतिशत हिस्सा कम्पनीले ओगटेको छ । कम्पनीले परेका कुल रू २२,७६८ दाबी मध्ये रू १९,३८५ दाबीहरुको कुल करिव रकम रू ३०० करोडको दाबी ब्यवस्थापन गरेको छ ।

Crest

नेपालको बीमा नियमनकारी निकाय बीमा समितिले यस आ.व.लाई दाबी फछ्र्यौट बर्षको रुपमा मनाई रहदा यस कम्पनीले परेको दाबीको करिव ८५ प्रतिशत दाबी भुक्तानी गरी उत्कृष्ट नतिजा प्रदर्शन गरेको छ ।  बीमितको दाबी समयमानै भुक्तानी गरी बीमा ब्यबसायमा दाबी केन्द्रित गरेर बीमितलाई परेको बेला सहयोग गरेमा बीमा बारेको जनचेतना तथा आस्था एवम् बिश्वास आर्जन गरेमा ब्यबसायमा स्वतः बढोत्तरी हुन्छ भन्ने कुरा आज शिखर इन्स्योरेन्स कम्पनी लि. नेपालको अग्रस्थानमा रहनुले प्रमाणित गरेको छ ।

नेपालको बिकट जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा जस्ता बिकट जिल्ला सहित कुल ११० शाखा मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेका अनुसार कम्पनी सम्पुर्ण बीमित बर्गको बिश्वास र भरोसाको केन्द्र भएका कारण नेपालमा भएका निर्जिवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ ।

कम्पनीले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएको छ जसमा नेपाल सरकार अर्थमन्त्रालय, अन्तरिक राजश्व बिभाग, ठुला करदाता कार्यालय ललितपुरले आर्थिक बर्ष २०७१।०७२ मा सबैभन्दा बढि कर दाखिला गर्ने कम्पनीका रुपमा सम्मान पत्र प्रदान , नेपाल सरकारको ४९ प्रतिशत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी लि.  आ.व. २०७५।०७६ र आ.व. २०७६।०७७ मा निर्जिवन बीमा कम्पनीहरु मध्ये पुनर्बीमा शुल्क र दाबीका आधारमा सबै भन्दा बढी नाफामुलक ब्यबसाय प्रदान गरेकोमा सम्मान पत्र प्रदान, बि.स. २०७१, २०७३, २०७४, २०७६ सालमा New Business Age संस्थाबाट Best Managed Insurance Company पुरस्कार प्राप्त गर्न सफल, कम्पनीलाई २०१८ मा सर्वोत्कृष्ट निर्जीवन बीमा कम्पनीको रूपमा पनि नाम दिइएको थियो र “करोबार उत्कृष्टता पुरस्कार” प्रदान गरिएको थियो।

नेपालको बिकट जील्लाहरु जुम्ला, कालिकोट, डोल्पा मुगु का जनतालाई बर्षेनि मौषमका कारण स्याउ खेतिमा हुने नोक्सानीका कारण पर्न जाने आर्थिक भारलाई कम गर्न मौसम सुचकाङ्गक बीमालेख मार्फत किसानलाई भएको जोखिम तथा क्षतिको क्षति पुर्ति प्रदान गरेकै कारण UK Aid funded Adaptation at Scale prize Asia Network for Sustainable Agriculture and Bio resources (ANSAB) द्धारा २०१९ मा ५०,००० पाउण्ड स्ट्रर्लिङ बराबर पुरष्कार रासी शिखर इन्स्योरेन्स कम्पनी  लि. ले प्राप्त गरेको छ ,  २०२२ मा बीमा सेवामा कर्पोरेट उत्कृष्टताको लागि “एच. आर. एम. नेपाल अवार्ड“ पनि प्रदान ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले (ICRA-NP) A Rating सम्मान गरेको छ । यो मूल्याङ्कनले वित्तीय दायित्वहरुको सुरक्षाको लागी पर्याप्त डिग्री मानीन्छ। हाल सम्म शिखर इन्स्योरेन्स मात्र एक निर्जीवन बीमा कम्पनी हो जसले यो रेटिङ्ग प्राप्त गरेको छ ।

‌स्थापना कालदेखि नै नेपाली बीमा क्षेत्रमा विशिष्ट छाप छोड्दै नेपालको अग्रणी बीमा कम्पनीका रूपमा रहँदै आएको यस कम्पनीले देशव्यापी रूपमा बीमाको पहुँच अभिवृद्धि गर्नमा समेत अग्रणी भूमिका खेल्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS