Connect IPS
IME Life

जीवन बीमा कम्पनीहरुले भोलि शनिवार पनि कार्यालय खुला राख्ने, टार्गेट पुरा गर्ने अन्तिम प्रयास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले भोलि आर्थिक वर्षको अन्तिम दिन शनिवार परेता पनि कार्यालय खुलै राख्ने भएका छन् । कम्पनीहरुले भोलि शनिवार पनि जीवन बीमा पोलिसी बिक्री गर्न कार्यालय खुला राख्ने भएका हुन् ।

सम्पुर्ण जीवन बीमा कम्पनीहरुले सूचना जारी गर्दै भोलि शनिवार पनि कार्यालय खुला रहने जानकारी दिएका छन् । बीमा कम्पनीहरुले भोलि अन्तिम समयसम्म पनि पोलिसी स्वीकृत गर्नेछन् । आर्थिक वर्षको अन्तिम दिन बीमा कम्पनी, अभिकर्ता र कर्मचारीको अग्नी परिक्षा हो । भोलिसम्ममा तोकिएको टार्गेट पुरा गरे मात्रै तोकिएको सेवा सुविधा लिन सकिन्छ । अन्यथा इन्सेन्टिभ तथा सेवा सुविधाबाट विमुख हुनु पर्नेछ । बीमा कम्पनीहरुले पनि आफुलाई बजारमा बलियो देखाउन भोलिसम्ममा धेरै भन्दा धेरै व्यवसाय भित्र्याउने प्रयास गरिरहेका हुन्छन् ।

Prabhu
Crest

कतिपय अभिकर्ताहरुले आफ्नो तोकिएको टार्गेट पुरा गरिसकेका छन् भने कतिपय अझै पनि तनावमा छन् । एजेन्सी म्यानेजर पनि नविकरण गर्न नसक्ने अवस्थामा पुगेका अभिकर्ताहरु ग्राहक खोजिमा छन् । कतिपय बीमा कम्पनीहरुले पनि मासिक रुपमा नै टार्गेट सेट गर्दै आएका छन् । यसरी मासिक रुपमा टार्गेट पुरा गर्दै आएका शाखाहरुलाई कुनै पनि समस्या छैन । तर मासिक टार्गेट पनि पुरा नभएका शाखा प्रवन्धकहरु पनि अभिकर्ताहरुलाई पोलिसी ल्याउन दवाव दिदै आएका छन् । उनिहरुको मूल्याङ्कन कम्पनीले दिएको टार्गेटका आधारमा पनि हुने भएकाले शाखा प्रवन्धकहरु आफै व्यवसाय भित्र्याउन सक्रिय रहन्छन् ।

बीमा समितिले भोलि राति १२ बजेदेखि सफ्टवेयर लक गर्न निर्देशन दिएको छ । यस वर्ष एपिआई मार्फत सम्पुर्ण बीमा कम्पनीहरुको निगरानी गर्ने योजना भने पुरा हुन सकेन । बीमा कम्पनीहरुको सफ्टवेयर मार्फत बीमा समितिको एपिआइमा जोड्न समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले निर्देशन दिए पनि बीमा समितिकै प्राविधिकहरुले राम्रो सँग काम गर्न सकेनन् । कम्पनीहरुले पनि यसमा नसकिने भन्दै जवाफ दिएका थिए ।

भोलि बीमा कम्पनीका साथै बैंकहरु पनि खुला रहनेछन् । आर्थिक वर्षको अन्तिम दिनमा बीमा कम्पनी, व्यवसायिक संस्थाहरुले कारोबार गर्नेभएकाले पनि बैंकहरुले आफ्ना शाखा कार्यालयहरु खुला राख्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS