काठमाडौं । यस आर्थिक वर्षको अन्तिम कारोबारका दिनमा सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने बजार हल्लाले केहि दिनेदेखि लगातार बढिरहेको थियो । आज मात्रै अपरको १९ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।
दोस्रो धेरै एभरेष्ट बैंकको ६ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ भने किसान लघुवित्तको ५ करोड ५८ लाख रुपैयाँको खरिद बिक्री भएको छ । त्यस्तै सर्वाधिक धेरै कारोबार हुने अन्य कम्पनीहरुमा क्रमश हिमालयन डिट्रलरी ४ करोड ४८ लाख, अरुण काबेली पावर ४ करोड ३३ लाख, नेपाल एसबिआई बैंकको ४ करोड २४ लाख, शिवम सिमेन्टको तीन करोड ९९ लाख, कामना सेवा विकास बैंकको तीन करोड ६८ लाख, नेपाल बैंकको तीन करोड ४३ लाख र एनआईसी एशिया बैंकको तीन करोड ७ लाख रुपैयाँको कारोबार भएको छ ।