काठमाडौं । शेयर बजारमा आज यस आर्थिक वर्षको अन्तिम कारोबार सकिएको छ । आजसम्म ऋणपत्र खरिद कर्ताले यस आर्थिक वर्षको व्याज पाउने भएकाले आज सबैभन्दा धेरै ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
बैंकहरुले जारी गरेको ऋणपत्रको व्याज आर्थिक वर्ष सम्पन्न भएको केहि दिन भित्रै दिन्छन् । यसरी आजसम्म ऋणपत्र खरिद गर्नेले तोकिएको व्याज पाउछन् । त्यसैले गर्दा आज सर्वाधिक धेरै बढ्ने कम्पनीको सूचिमा ऋणपत्र छन् ।
ऋणपत्र बाहेक आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बढेको छ । लघुवित्तको शेयर ८.७१ प्रतिशतले बढेर १७६० रुपैयाँ कायम भएको छ । सर्वाधिक धेरै बढ्ने दोस्रो नम्बरमा माछापुच्छ्रे बैंक परेको छ । बैंकको शेयर मूल्य ८.५५ प्रतिशतले बढेको छ । मर्जरको हल्लाले बैंकको शेयर मूल्यमा सर्वाधिक सुधार आएको हो ।