Connect IPS
IME Life

भारतमा २ अर्ब १५ करोडको बिजुली निर्यात

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ४५ दिनको अवधिमा दुई अर्ब १५ करोड रूपैयाँको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा सो रकम बराबरको बिजुली बिक्री गरेको हो।

प्राधिकरणले गत जेठ १९ गतेदेखि भारत बिजुली निर्यात गर्न सुरुवात गरेको थियो । प्राधिकरणले दैनिक ७ हजार मेगावाट आवर बिजुली भारत निर्यात गर्दै आइरहेको छ । प्राधिकरणले जेठ १९ यता औषतमा भारु ४ देखि ६ रूपैयाँप्रति युनिट बिजुली निर्यात गर्दै आइरहेको छ।

Prabhu
Crest

प्राधिकरणले गत जेठ १९ गतेदेखि ३९ मेगावाट बिजुली भारत निर्यात गर्न सुरु गरेको थियो । नेपालमा बिजुलीको उत्पादन बढेसँगै प्राधिकरणले गत जेठ २७ गतेदेखि भने ३६४ मेगावाट बिजुली निर्यात गर्दै आइरहेको छ । यसअघि प्राधिकरणले जुन महिनाको  २८ दिनको अवधिमा एक अर्ब ७२ करोड रूपैयाँको बिजुली भारत निर्यात गरेको थियो । जुन महिनामा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युतको औसत प्रति युनिट दर ९ रूपैयाँ  ६७ पैसा छ ।

प्राधिकरणले नेपालमा रातको समयमा बिजुलीको खपत कम हुने भएकाले पनि रातको समयमा पूर्ण क्षमतामा निर्यात गर्न सकेको हो । गर्मी बढेको खण्डमा बिजुलीको माग बढी हुने र पानी परेको खण्डमा माग न्यून हुनेगरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS