काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशनको लागि कम्पनीको आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ ।
केहि दिनदेखि कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने हल्लाले दोस्रो बजारमा शेयर मूल्य बढिरहेको छ । कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशन गरेर कर्जा तिर्ने योजना बनाएको हो । कम्पनीको हालको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।