IME Life New

बैदेशिक रोजगार बीमा पुल खारेज, साउनदेखि सम्पुर्ण कम्पनीले अनलाइनबाट पोलिसी जारी गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले बैदेशिक रोजगार म्यादी जीवन बीमाको पुल खारेज गरेको छ । समितिले बैदेशिक रोजगारीमा जाने कामदारको एकद्धार प्रणालीमार्पत म्यादी जीवन बीमा हुने गरी २०७५ माघ एक गतेदेखि पुल सञ्चालनमा ल्याएको थियो

पुल मार्फत बीमा गर्दा जीवन केहि बीमा कम्पनीहरुले यसको विरोध गर्दै आएका थिए । पुल व्यवस्थापक सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको बीमा शुल्क पुलमा नहाल्दा विवाद निस्किएको थियो । झगडियाको रुपमा सन नेपालले सुरु गरेको विवाद अन्तत पुल नै खारेज हुन पुगेको हो ।

Esewa
Crest

पुल व्यवस्थापकले समयमै बैदेशिक रोजगार म्यादी जीवन बीमाको बीमा शुल्क तथा कम्पनीहरुको दायित्वको वर्गिकरण बाँडफाँड नगरिदिदा यस वर्ष एक्चुरी मूल्याङ्कनमै ढिलाइ भएको थियो । पुलमा विवाद भए पछि समितिले पुल नै खारेज गरी साउनदेखि सम्पुर्ण बीमा कम्पनीहरुले आफु खुसी यो बीमालेख जारी गर्न पाउने भएका छन् ।

पुल मार्फत काम गर्दा बीमाङ्कीय मूल्याङ्कनमा समस्या देखिए पछि खारेज गर्नु परेको बीमा समितिका कार्यकारी निर्देशक राजुमरण पौडेलले जानकारी दिए । यस बीमालेखमा बीमा कम्पनीहरु विच अस्वस्थ प्रतिस्पर्धा भइ विकृति बढे पछि व्यवस्थापनका लागि पुल निर्माण भएको थियो ।

अव साउन एक गतेदेखि सम्पुर्ण जीवन बीमा कम्पनीहरुले यो पोलिसी जारी गर्न पाउने भएका छन् । कम्पनीहरुले यो बीमालेख अनलाइनबाट मात्रै जारी गर्नु पर्ने भएको छ । यो बीमालेखको सेवा शुल्क पनि अन्य बीमालेखको भन्दा बढि लिन नपाइने व्यवस्था गरिएको पौडेलले जानकारी दिए । यो बीमालेख जारी गर्नु भन्दा अगाडी कम्पनीहरुले बीमा समितिबाट स्वीकृति गराउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS