IME Life New

पुष्पतारा केडिया सेवा फाउण्डेशनद्धारा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताललाई एसएमएल सुजुकी बस हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुष्पतारा केडिया सेवा फाउण्डेशनद्धारा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर ४, बीरगंजलाई एसएमएल सुजुकी बस हस्तान्तरण गरेको छ । पुष्पतारा केडिया सेवा फाउण्डेशन बिशुद्ध सामाजिक सेवा गर्ने उदेश्यले ५ बर्ष अगाडि ताराचन्द केडिया तथा पुष्प केडियाको नामबाट स्थापना गरिएको संस्था हो । यस संस्थाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग र सेवा गर्दै आइरहेको छ ।

विशुद्ध सामाजिक सेवा भावले महावीर प्रसाद वृजलाल केडिया सेवा ट्रष्टद्धारा स्थापित रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल नारायणी अंचलकै जेठो आँखा अस्पताल ई.स. १९७५ सालमा स्थापना भई हाल सम्म अन्बरत सेवा दिदै आएको छ । यस अस्पतालले नेपालको मात्र नभई भारतिय आँखा रोगीहरुलाई सेवा दिदै नेपालको अन्धोपन निवारणमा उल्लेखनिय योगदान पुरयाएको छ ।

Esewa
Crest

पुष्पतारा केडिया सेवा फाउण्डेशनद्धारा हस्तान्तरण गरिएको यो एसएमएल सुजुकी बसद्धारा असहाय, गरीव तथा सेवाबाट बन्चित बिरामीहरुलाई यातायातको सहज स’विधा भई उनीहरुको दृष्टि प्रदान गर्न सहयोग हुनेमा सेवा फाउण्डेशन बिश्वस्त रहेको फाउण्डेशनका संरक्षक मनोज केडियाले बताए । आँखा जस्तो संबेदनशील र संसार हेर्ने माध्यमलाई सहज उपचार गर्दै आइरहेको रामकुरमा महावीर प्रसाद केडिया आँखा अस्पताल बीरगंजलाई उपचारमा अझ गुणस्तर कायम गरी बढीभन्दा बढी आँखा बिरामीहरुको उपचार सहज र सरल रुपमा गराउन तथा सेवा सुविधाहरुको पहुच बिस्तार गरी हरेक बिरामीहरुलाई उपचार पश्चात खुशीको सास फेर्ने र बिश्व हेर्ने दृष्टि प्रदान गर्न आग्रह गरे ।

पुष्पतारा केडिया सेवा फाउण्डेशनद्धारा हस्तान्तरण गरिएको यो एसएमएल सुजुकी बसद्धारा आम सेवाग्राहीलाई सेवा लिन सहज होस र सेवा सजिलो होस, आम आँखा उपचार गर्न आउने मानिसहरुले यसको सेवा लिन सक्ने फाउण्डेशनका अध्यक्ष तारचन्द केडियाले बताए ।

कार्यक्रममा पुष्पतारा केडिया सेवा फाउण्डेशनका पदाधिकारीहरु तथा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर ४, बीरगंजको उपस्थिति रहेको थियो । कार्यक्रम पुष्पतारा केडिया सेवा फाउण्डेशनमा आयोजना गरी हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS