काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७७ दशमलव १ अंकले घटेर १९१५ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सानीमा म्युचुअल फन्डका लगानीकर्ताले कमाएका छन् । कम्पनीको शेयर २ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य भने ८४१ रुपैयाँ ५० पैसा कायम भएको छ ।
यसैगरी आज बिओके म्युचुअल फन्डका लगानीकर्ताले पनि धेरै कमाएका छन् । कम्पनीको शेयर १ दशमलब ९६ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य भने ८३७ रुपैयाँ १० पैसा कायम भएको छ । साथै गुडविल फाइनान्स लिमिटेडको म्युचुअल फन्डको मूल्य पनि बढेको छ । कम्पनीको शेयर १ दशमलव ९५ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य भने ११२४ रुपैयाँ कायम भएको छ ।