काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशनका लागि अनुमति पाएको छ । धितोपत्र बोर्डले असार २३ गते आइपीओ निष्काशनका लागि सिक्लेस हाइड्रोपावरलाई अनुमति दिएको हो ।
सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित र सर्वसाधारणका लागि २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ ।
साथै सिक्लेसले शेयर निष्काशन तथा बिक्रि प्रबन्धकको जिम्मा भने बिओके क्यापिटललाई दिएको छ ।