GBIME
IME Life

धौलागिरी लघुवित्तले पायो साधारण शेयर निष्काशनको अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई शेयर निष्काशन अनुमति प्रदान गरेको हो ।

बोर्डको अनुमति पाएसंगै लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । साधारण शेयर निष्काशनको लागि लघुवित्तले सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा यस अघि नै तोकि सकेको छ ।

SKYWELL
Crest

वित्तीय संस्थाको जारी पूँजी १० करोड ३१ लाखको ३२.१०४७५३ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ । वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालहरु र २ वटा उपशाखाहरु स्थापना गरी सेवाग्राहीहरुलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS