IME Life New

आजदेखि २८ वर्ष पुरानो नेपाल बंगलादेश बैंकको विलय, नविलको ३८ औ वार्षिकोत्सवमा नयाँ टर्निङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। आजदेखि २८ वर्ष एक महिना पुरानो नेपाल बंगलादेश बैंकको अस्तित्व समाप्त भएको छ । नविल बैंक सँग मर्ज भए सँगै आजदेखि नेपाल बंगलादेश बैंकको सम्पुर्ण विवरण नविलमा मिसिएको छ । आजदेखि एकिकृत कारोबार सुरु भएको छ ।

बंगलागदेश बैंकको अस्तित्व समाप्त भए पनि नविल बैंकले पनि आफ्नो स्थापना दिवसको अवसरमा एकिकृत कारोबार सुरु गरेको हो । नबिल बैंकको स्थापना जुलाई १२ तारिखमा भएको थियो । मर्जरको होडबाजीमा आफुलाई सेफल्याण्डिङ गर्दै नविलले मर्जर सफल बनाएको छ ।

Esewa
Crest

अन्य बैंकहरु सँग मर्जर गर्दा आफु अनुकुल सञ्चालन गर्न नसक्ने अवस्थालाई मूल्याङ्कन गर्दै नविलका प्रमुख शेयरधनी विनोद चौधरीले आइएफआईसी बैंकको ४०.८९ प्रतिशत स्वामित्व नै आफुले खरिद गरी आफ्नो स्टेकलाई कायम राखेका छन् ।

नविललले एनबी बैंकलाई प्रतिसेयर ४३ रुपैयाँका दरले गाभेको हो । यसअनुसार नेपाल बङ्गलादेश बैंकका सेयरधनीहरुले एनबीको १०० कित्ता बराबर नबिल बैंकको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् । यस्तै, नेपाल बंगलादेश बैंकबाट नबिललाई चुक्ता पूँजीमा ४ अर्ब ३३ करोड रुपैयाँ थपिने छ । मर्ज पछि नबिल बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ पुग्नेछ भने कर्जा विस्तार ३ खर्ब ९ अर्ब र निक्षेप रकम ३ खर्ब २० अर्ब रुपैयाँ पुग्नेछ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ४५ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल दुई ५४ पुग्नेछ । प्राप्तिपश्चात् नबिल बैंक वाणिज्य बैंकहरुमध्ये निक्षेप, कर्जा, गैरव्याज आम्दानी, गैरकोषमा आधारित व्यवसाय, कुल नाफा लगायतका विभिन्न सूचकांकहरुमा सबैभन्दा अगाडि हुने दाबी गरेको छ ।

नविलले मर्जर पछि आफुलाई अझ प्रतिस्पर्धी र बलियो बनाउने विस्वास गरिएको छ । आइएफआईसीले आफ्नो स्वामित्वको शेयर बिक्री गरेर बाहिरिदै गर्दा ठुलो रकम बाहिरिदैछ । अर्को तर्फ उक्त रकम जो कोहीले जुटाउन पनि गाह्रो थियो । सबै कुरालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले पनि सबै कुरा थाहा पाउदा पाउदै विनोद चौधरीलाई उक्त शेयर खरिदका लागि अनुमति दिएको हो ।

नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरे सँगै नविल बैंकको पनि आज नयाँ टर्निङ प्वाइन्ट बनेको छ । मर्जर पश्चात अन्य बैंकले हरेक वित्तीय सूचकमा टक्कर दिदै आएका बैंकलाई आजदेखि पुनः पछाडी पार्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS