GBIME
IME Life

हेर्नुहोस् नबिल र नेपाल बंगलादेश बैंकको कुन कुन शाखाहरु बन्द हुँदैछन्

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंक एक आपसमा मर्ज भए सँगै एकै स्थानमा रहेका २० वटा शाखा कार्यालयहरु समायोजन हुने भएका छन् । यसरी समायोजन हुने नविल बैंकका १७ वटा र नेपाल बंगालदेशका तीन वटा शाखा बन्द हुनेछन् ।

नेपाल बंगलादेश बैंकको विराटचोकमा रहेको शाखा अव नविल बैंकको सुन्दरहरैचा नगरपालिका १२ मा समायोजना हुनेछ । दमक शाखा नविल बैंकको झापा जिल्लाको दमक नगरपालिका ६ दमकमा समायोजन हुनेछ ।

SKYWELL
Crest

यसरी नेपाल बंगलादेश बैंकको बर्दिबास, चन्द्रनिगाहपुर, मिचैया, गल्छी, हेटौडा, नारायणगढ, बाग्लुङ, दमौली, भैरहवा, चन्द्रौटा, कोहलपुर, तुलसीपुर, सुर्खेत, टीकापुर, महेन्द्रनगर शाखा नविल बैंकको सोहि स्थानमा रहेका शाखामा समायोजन हुनेछ ।

त्यस्तै नविल बैंकको सिमरा र दलदलेमा रहेको शाखा अव नेपाल बंगालदेश बैंकको शाखा कार्यालयमा समायोजन हुनेछ । नविल बैंकको पर्सा शाखा कार्यालय बंगलादेशको खैरहनीमा समायोजन हुनेछ । एकै स्थानमा रहेका उक्त शाखाहरुलाई समायोजन गरिएको छ भने बाँकी शाखाहरु दुबै बैंकको यथास्थानमा रहनेछन् ।

अहिले दुबै बैंकको डाटा माइग्रेसन भइरहेकोले चार दिन कारोबार बन्द रहनेछ । आज शुक्रवारदेखि असार २७ गतेसम्म कारोबार बन्द रहने बैंकले जनाएको छ ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १००:४३ को स्वाप रेसियोमा गाभ्न लागेको हो । जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS