Connect IPS
IME Life

जुम्लाको मार्सी धानखेती जोगाउन शिखर इन्स्योरेन्सको बीमा सेवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कर्णाली प्रदेशको जुम्लामा उत्पादन हुने मार्सी धानको उत्पादन प्रवद्र्धन गर्नको लागी शिखर इन्स्योरेन्सले जुम्लामा बीमा सेवा शुरु गरेको छ ।

छुमचौर जिउलोका किसानले खेतमा लगाएको मार्सी धान खेतीको बीमा गरिएको हो । कृषि अनुसन्धान केन्द्र विजयनगरले छुमचौरमा ६ प्रकारका मार्सी धान लगाएको छ । २ हजार ८ सय ५० मिटर उचाइमा फल्ने मार्सी धानको पहिचान जोगाउनको लागी बीमा सेवाले सहयोग पुग्ने शिखर इन्स्योरेन्सले विश्वास व्यक्त गरेको छ ।

Prabhu
Crest

पछिल्लो समयमा किराको संक्रमणको कारण उत्पादन घट्दै गएपछि किसानले मार्सी धानको खेती गर्न रुची देखाएका थिएनन् । बीमा कार्यक्रम शुरु भएपछि किरा, रोग, पहिरो, धानबालीमा हुने नोक्सानीको क्षतिपूर्ती बीमाबाट नै हुने भएपछि किसानले पुनः खेतीमा रुची देखाउने विश्वास लिइएको छ ।

सरकारले कृषि बीमामा दिने ८० प्रतिशत अनुदानवापतको रकम कटाएर किसानले मार्सी धानखेतीको बीमा गर्दा प्रति रोपनी पचास रुपैयाँ बीमाशुल्कवापत भुक्तानी गर्नुपर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS