IME Life New

नबिल बैंक र नेपाल बंगलादेश बैंकको सेवा चार दिन बन्द हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकको सेवा चार दिन बन्द हुने भएको छ। नबिल बैंक र नेपाल बंगलादेश बैंकले मर्जर तथा प्राप्तिपछि असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएकोले डाटा माइग्रेसन गर्नु पर्ने भएकोले सेवा प्रभावित हुने बैंकले एक सुचना जारी गर्दै जनाएको छ ।

जस अनुसार दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि मिति असार २४ गते शुक्रबार कार्यालय समय पछि मिति असार २७ गते सोमबार विहान कार्यालय समय अगाडिसम्म नबिल बैंकका सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार असार २५ गते शनिबार सार्वजनिक विदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर तथा अन्य बैंकिङ्ग सेवा बन्द रहने छ । उक्त समयमा नबिल बैकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने ।

Esewa
Crest

त्यसैगरी नेपाल बङ्गलादेश बैंकमा भने असार २३ गते विहिबार कार्यालय समय पश्चात असार २७ गते सोमबार बिहान कार्यालय समय अगाडि सम्म उक्त बैंकका सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द रहने छ । उक्त समयमा नेपाल बङ्गलादेश बैंकका क्रेडिट कार्ड भने सञ्चालनमा रहने छ। साविक नेपाल बङ्गलादेश बैंकले जारी गरेका डेबिट क्रेडिट प्रिपेड कार्डहरु असार २७ गते सोमबार विहान कार्यालय समय पश्चात सुचारु हुने छ ।

असार २७ देखि नेपाल बंगलादेश बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुले नबिल बैंक लिमिटेडेको प्रादेशिक शाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्नेछन् । साविक नेपाल बङ्गलादेश बैंकबाट जारी भएको चेकलाई प्रतिस्थापन नगरेसम्म स्विकार गर्ने व्यवस्था मिलाइएको नबिल बैंकले जनाएको छ ।

दुवै बैंकको असार जेठ ७ गते सम्पन्न विशेष साधारणसभाले मर्जर तथा प्राप्ति समबन्धि प्रस्ताव पारित गरेको थियो। त्यस्तै नेपाल राष्ट्र बैंकले असार १५ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले असार १७ गते एकिकृत कारोबारको लागि स्वीकृति गरेको थियो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १००ः४३ को स्वापमा गाभ्न लागेको हो । जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS