IME Life New

राष्ट्रिय बीमा संस्थानको नयाँ शाखा दाङको घोराहीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको नयाँ शाखा दाङको घोराहीमा उद्घाटन गरिएको छ । उक्त उद्घाटन कार्यक्रम घोराही उप–महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा असार २१ गते सम्पन्न भएको हो ।

नगर प्रमुख चौधरीले सरकारी निकायबाट लगानी भएको विश्वसनीय र पुरानो संस्थान भएकोले ढुक्क भएर बीमा गराउन नागरिकलाई आग्रह गरे। नगरमा सरकारी निकायको बीमा कम्पनि संचालनमा आएकोले मेयर चौधरीले खुसि व्यक्त गर्दै आफ्नो र परिवारको आवश्यकताका लागि बचत गर्न जनमानसलाई उत्प्रेरित गरे ।

Esewa
Crest

कार्यक्रमका विशेष अतिथि तथा संस्थानका संचालक समितिका सदस्य रामप्रसाद गौतमले नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडको लगानी रहेको जानकारी गराए । साथै राष्ट्रिय बीमा संस्थानले लामो समय कारोबार गर्नुपर्ने उनले बताए ।

दाबी भुक्तानीमा सधै अग्रपंक्तिमा रहेको संस्थानका प्रशासक कवि प्रसाद पाठकको भनाइ थियो। उनले राष्ट्रसेवक कर्मचारीको सन्दर्भमा अवकासपछी ७० वर्षसम्म निरन्तरता दिने सुविधा रहेको वा पैसा निकाल्छु भने पनि पाउन सक्छ। सरकारी स्तरबाट संचालनमा रहेकोले विश्वसनीयताको हिसाबले केहि कमि नभएको कुरा उनले प्रष्ट पारे ।

एक घर एक बीमा पोलिसी, सबै कर्मचारीको बीमा गराउन सहजीकरण गरि दिनुहुनको लागि कार्यक्रमका अध्यक्ष एवं घोराही शाखा प्रमुख सुजित प्रसाद शाहले मेयरसंग आग्रह गरे । उनले सरकारी सेवा राम्रो हुन्न भन्ने भ्रममा नपर्न आग्रह गरे । एक पटक सेवाको मौका दिए त्यो भ्रम हटाउने उनको भनाइ थियो।

कार्यक्रममा बरिष्ठ अभिकर्ताहरु यादव प्रसाद शर्मा र रक्षा न्यौपानेलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण नेपालगंज शाखा प्रमुख जनक के।सी। र स्वागत मन्तव्य घोराही शाखाका कर्मचारी सुरेन्द्र बहादुर खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS