GBIME
IME Life

नेपाल एसबिआई बैंकले आजदेखि ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आज असार २२ गतेदेखि ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् १२ लाखकित्ता सर्वसाधारणलाई विक्री गरिने छ भने बाँकी ६० प्रतिशतअर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने कम्पनीले जानकारी दिएको छ । सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानीकोषले आवेद नदिएका छैनन् ।

SKYWELL
Crest

उक्त ऋणपत्र खरीदका लागि लगानीकर्ताले असार २६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन ४ गतेसम्म समय थपहुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले मेरो शेयरको वेबसाइटका साथै मेरो शेयर एप, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS