काठमाडौं । सुपर मार्दी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले कास्की जिल्लामा ४४ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ ।
आयोजनाको कुल लागत ७ अर्ब ४७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत रकम बैंककिङ कर्जा र २५ प्रतिशत शेयर पूँजी रहनेछ । आइपिओ निष्काशन पछि कुल चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहनेछ । कम्पनीले आइपिओ निष्काशनका लागि इस्युअर रेटिङ ‘इक्राएनपि आइआर डबल बि’ प्राप्त गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ ।