Connect IPS
IME Life

श्वेत-गंगा हाइड्रोपावरको शेयर बाँडफाँड सम्पन्न, मागे जति सबैले पाए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि शेयर बाँडफँड गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रामेछाप जिल्लाका बासिन्दाहरुका लागि १५ लाख ९३ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

रामेछापको लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ तथा ओखलढुंगको जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि जम्मा निष्काशनको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता बाँडफाँट गरिएको छ ।

Prabhu
Crest

आयोजनाको प्रसारण लाईन पर्ने रामेछापको लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ र मन्थली नगरपालिकाको वडा नम्बर ११, १२ र १३ तथा रामेछाप नगरपालिकाको वडा नम्बर १ र ३ का बासिन्दाका लागि २५ प्रतिशत अर्थात् ३ लाख ९८ हजार २५० कित्ता बाँडफाँट गरिएको छ ।

यसैगरी, रामेछापको लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर १ र ओखलढुंगाको लिखु गाउँपालिकाको वडा नम्बर १, २ र ३ का बासिन्दाका लागि ५ प्रतिशत अर्थात ७९ हजार ६५० कित्ता बाँडफाँट गरिएको छ । आवेदन दिने जति सबैले शेयर प्राप्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ । बाँडफाँड पछि नपरेको शेयरको रकम फिर्ता गरिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS