IME Life New

जीवन बीमा कम्पनीले सम्पुर्ण पुनर्बीमा स्वदेशमै गर्न पाउने, ‘डाइरेक्सेसन अस्वीकार गर्न नपाउने’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई आफ्नो सत प्रतिशत जोखिम स्वदेशी पुनर्बीमा कम्पनीमै गर्न चाहेमा पाउने व्यवस्था गरिदिएको छ । बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै ‘बीमकले पुनर्बीमकलाई प्रदान गरेको प्रत्यक्ष हिस्सा पश्चात बाँकी रहेको हिस्साको शतप्रतिशतसम्म पुनर्बीमा नेपाली पुनर्बीमकलाई दिन सक्नेछ ।’

समितिले पुनर्बीमकलाई बीमकबाट प्राप्त नेपाल सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा पुनर्बीमकले कुनै पनि अवस्थामा अस्वीकार गर्न नपाउने व्यवस्था गरिदिएको छ । अव पुनर्बीमा कम्पनीहरुले जीवन बीमा कम्पनीको जुनसुकै जोखिमको २० प्रतिशत आफैले बहन गर्नु पर्ने भएको छ । आफुले नचाहेको अथाव बढी जोखिम भनि अस्वीकार गर्न नपाउने भएका छन् ।

Esewa
Crest

स्वदेशी पुनर्बीमकले प्राप्त फ्याकल्टेटिभ प्रस्ताव पुर्ण वा आंशिक रुपमा गर्न नसकेको खण्डमा त्यस्तो पुनर्बीमा कम्तिमा एएम बेष्ट रेटिङ एजेन्सीको बि प्लस रेटिङ वा सो सरहको रेटिङ भएको पुनर्बीमा कम्पनीलाई दिन सकिने भएको छ ।

दक्षिण एशियाली राष्ट्रमा रहेको सरकारी स्वामित्वमा रहेका पुनर्बीमकको हकमा रेटिङ सम्बन्धी व्यवस्था लागु नहुने बीमा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS