काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ८ दशमलव ८७ अंकले घटेर २,०२८ दशमलव ७७ को विन्दुमा कायम भएको छ । आज ६२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १२६ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २२१ वटा कम्पनीको ३६ लाख ६३ हजार २२० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४५ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, एशियन लाइफको ५ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको ४ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आँधिखोला लद्धुवित्त वित्रयि संस्था र सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ७० प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभनदा धेरै स्टान्र्डर्ट चार्टर्ड बैंकका लगानीकर्ताले गुमाएका छन् । बैंकका लगानीकर्ताले ४ प्रतितशका दरले गुमाएका हुन् ।