IME Life New

बैंकिङ प्रणालीमा तरलता सहज हुँदै, कति पुग्यो सिडी रेसियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केही समय यता बैंकिङ प्रणालीमा तरलता केही सहज हुन थालेको छ।  नेपाल राष्ट्र बैंकले उपलब्ध गरेको गराएको तथ्याङ्क अनुसार १२ असारसम्म बैंकहरुमा ४९ खर्ब ८७ अर्ब निक्षेप संकलन भएको छ भने वाणिज्य बैंकमा मात्र ४४ खर्ब ०१ अर्ब निक्षेप संकलन भएको छ।

असार ११ गते र १२ गतेको बीचमा वाणिज्य बैंकहरुमा ५ अर्बले निक्षेप वृद्धि हुँदा समग्र निक्षेप संकलनमा वृद्धि देखिएको हो। त्यस्तै समिक्षा अवधिमा कर्हा प्रवाह भने करिव १ अर्बले घटेको छ। असार १२  गते सम्म वाणिज्य बैंकले ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह गर्दा सबै बैंकहरुले ४७ खर्ब ०५ अर्ब कर्जा प्रवाह गरेका छन् ।

Esewa
Crest

निक्षेपमा वृद्धि र कर्जा प्रवाह घट्दा सिडी रेसियो ८९ दशमलव २६ प्रतिशत पुगेको छ। एक दिन अघि सिडी रेसियो अनुपात ८९ दशमलव ३७ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार असार मसान्तसम्म वाणिज्य बैंकहरुलाई सिडी रेसियो ९० प्रतिशत भद्ना मुनी ल्यानु पर्ने भएकोले अहिले बैंकहरु निक्षेप संकलनमा मात्र  जोड दिँदै कर्जा प्रवाह ठप्प जस्तै पारेका छन्। सोही अनुसार बैंकिङ प्रणालीमा तरलता केही सहज हुने अवस्था देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS