IME Life New

आदर्श लघुवित्तको आइपीओ बाँडफाँड, ६२ सय ६१ जनाले १० कित्ता पाउँदा भाग्यमानी ५ जनाले हात पारे ११ कित्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाका आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले आज आइपीओ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार आइपीओमा १६ लाख ७४ हजार ६ सय ५२ जनाबाट १ करोड ८४ लाख २४ हजार ९ सय कित्ताको लागि आवेदन परेको छ । १ हजार ८ सय ५८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य रहेका १६ लाख ७२ हजार ७ सय ९४ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँड गरिएको जनाएको छ ।

कुल ६ हजार २ सय ६१ जनाले मात्र शेयर पाएका छन् । ६ हजार २ सय ६१ जना मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन्। यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख बढी आवेदन हात खाली भएका छन् ।

Esewa
Crest

कम्पनीले असार १ गतेदेखि असार ५ गते सम्म ६७ लाख बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो । कुल ६७ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्र सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

कम्पनीले आइपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS