IME Life New

एमडीआरटीको बार्षिक मिटिङ्गमा रिलायन्स लाइफका २ अभिकर्ता अमेरिका प्रस्थान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिलिनियम डलर राउण्ड टेवल २०२२ को बार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स नमीता न्यौपाने तथा कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्ताहरुमध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले जनाएको छ ।

बीमा क्षेत्रमा लागेको केही बर्षमै एक पछि अर्को सफलता प्राप्त गर्दै गइरहेका अभिकर्ता लिडरद्धयलाई रिलायन्स लाइफ इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा एक कार्यक्रम आयोजना गरी शुभकामना साथै बिदाई गरेको छ । उक्त कार्यक्रममा लिडर द्धयलाई दोसल्ला ओढाई सम्मान गनुका साथै राष्ट्रिय भावनाको प्रतिक राष्ट्रिय झण्डा समेत हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले समग्र देश एवं उत्कृष्ट बीमा क्षेत्रको प्रतिनिधित्व गर्दै संसारभरिका उत्कृष्ट बीमा मध्यस्थकर्ताहरुको माझ उपस्थिति जनाउन गएकोमा गर्व गर्दै सो कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बीमा माझ प्रस्तुत गरेर बीमाक्षेत्रको बिकासमा योगदान दिन लिडर द्धयलाई अनुरोध गरे ।

बीमाकर्मी नमीता न्योपानेले आफु सदैव बीमा क्षेत्रको बिकासमा लागिरहने बताउदै यस्तो मौका श्रृजना हुने वातावरण प्रदान गर्न‘ भएकोमा कम्पनीप्रति धन्यवाद जनाइन् ।

रिलायन्स लाइफका अग्रणी अभिकर्ता नमीता न्यौपाने यसअघि पनि ३ पटक एमडिआरटी तथा सिओटीको रुपमा सो कार्यक्रममा छनौट भइसकेकी छिन् । त्यस्तै, अभिकर्ता कमल दाहाल दोश्रो पटक सो कार्यक्रममा छनौट भएका हुन् । सक्रिय सामाजिक अभियन्ता न्यौपाने तथा सहकारीकर्मी समेत रहेका दाहाल नेपाली बीमा क्षेत्रका उत्कृष्ट अभिकर्ता तथा धेरै बीमाकमीका प्रेरणाको श्रोत रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS