IME Life New

छोरीको न्वारनमा बुवाले दिए २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कैलाली । कैलाली जिल्ला जानकी गाउपालिका ४ मुनुवा निवासी किरण भण्डारीले छोरी रुमीसा भण्डारीको न्वारानको अवसरमा बिमा पोलिसी उपहार दिएका छन् । उनले सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्कि शाखाबाट जारि सुर्या संरक्षित बाल साबधिक बीमा योजना पोलिसी उपहार दिएका हुन।

भण्डारीले छोरीको सुनिश्चित भविष्यका लागि न्वारानको अवसरमा २०लाखको बिमा पोलिसी उपहार दिएका हुन्।सुर्या संरक्षित बाल साबधिक जीबन बीमाको अवधि समाप्तिमा बिमांक रकम र बोनस एकमुष्ट पाइने र सो बीमा लेखमा १८प्रकारका प्राण घातक रोग सहित अन्य ३ अतिरिक्त सुविधा रहेको उक्त कार्यक्रममा उपस्थित लम्कि शाखाका शाखा प्रमुख सुरेस जैशिले जानकारी दिए ।

Esewa
Crest

सानो सानो रकम जम्मा गरेर एकमुष्ट रकम जम्मा गर्नु नपर्ने साथै बीमाको माध्यमले बचत संगै जोखिम समेत बहन गर्ने तथा बिमा बचत गर्दा बच्चाको उच्च शिक्षा लगायत अन्य आवश्यकता पुरा गर्ने हुँदा यो बीमालेख छनौट गरी छोरीको भविष्य उज्वल होस भन्ने चाहनाले यो बिमालेख छनौट गरेको बुवा किरण भण्डारीले बताए ।

छोरीको उच्चशिक्षा तथा अन्य कुनै काम गर्दा आवश्यक पर्दा ठुलो रकम चाहिने भएमा पनि आफुले बीमालेख समाप्तिमा यो रकम प्राप्त गरि सो कार्यको लागि कोशे ढुङ्गा साबित हुने तथा आफ्नो बच्चाको उज्ज्वल भविष्य चाहने सम्पुर्णले आफ्नो बच्चाको जीबन बीमा गर्न अपरिहार्य रहेको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS