IME Life New

मरिसकेको बुवाको बीमा गरेर जीवन बीमा कम्पनीमा बीमा दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको गुजरात राज्यमा मृतक व्यक्तिको जीवन बीमा गरेर बीमावापतको ठूलो रकम दाबी गर्ने कार्यमा संलग्न गिरोहलाई नियन्त्रणमा लिन प्रहरीले सफलता पाएको छ । देवभूमी द्वारिका अन्तर्गतको खम्बलिया प्रहरी चौकीले मृतकको बीमा गरेर मृत्यु दाबी वापतको रकम हात पार्ने धन्दामा संलग्न गिरोहका चारजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जीवन बीमा कम्पनीको शाखा प्रबन्धक र जीवन बीमा अभिकर्ता समेत छन् । प्रहरीले मृत्यु दाबी सम्बन्धी अनुसन्धानको क्रममा मृतकको बीमा गरेर मृत्यु दाबी गरिएको तीनवटा मुद्दा फेला पारेको छ ।

Esewa
Crest

अनुसन्धानको क्रममा खम्बिलिया तलुका भन्ने स्थान निवासी स्वर्गिय नाथु ओडेडराको जीवन बीमा गरेर बीमा रकम दाबी गरिएको थियो ।
ओडेडराको छोरालाई बीमा कम्पनीको अभिकर्ता र शाखा प्रबन्धकले मृतकको नाममा जीवन बीमा गर्न र पछि पुनः मृतक घोषित गरेर रकम दाबी गर्न सुझाव दिएका थिए । ओडेडराको मृत्यु सन् २०११ मै भइसकेको थियो । बीमा कम्पनीको कर्मचारीको सुझावका आधारमा उनको छोराले सन् २०१५ मा आफ्नो मृतक बाबुको बीमा गरिदिए । पछि पुनः फर्जी मृत्यु

दर्ता प्रमाण पत्र पेश गरेर उनले मृत्यु दाबीवापतको भुक्तानी मागेका थिए । उनले भारु। ३ लाख ८० हजार रुपैयाँ बीमा दाबी गरेका थिए  यसबाहेक आफ्नै मृत श्रीमतिको नाममा जीवन बीमा गराएर बीमालेख खरिद गरेपछि मृत्यु दाबी भुक्तानी माग गरेको घटना समेत प्रहरीले अनुसन्धानको क्रममा फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS